कीवर्डहरू -

एनआइसी बैंकका ग्राहकले डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा सोल्टी होटलमा १० प्रतिशत छुट

एनआइसी बैंकका ग्राहकले डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा सोल्टी होटलमा १० प्रतिशत छुट

एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा १० प्रतिशत छुट पाउने भएका छन्‌ ।

सो बैंकको डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको हो ।

छुटसम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरेका छन्‌ । पछिल्लोपटक डिजिटल कारोबारमा बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले यसतर्फ आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पीओएस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ ।

बैंकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २ हजार ३०० भन्दा बढी अस्पताल, होटल तथा रेस्टूराँ, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदबापत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको पनि जानकारी दिएको छ ।