कीवर्डहरू -

एआईले ल्याएको व्यवसायिक परिवर्तन र मेशिन लर्निङ्ग बारे सिकाउँदै टेक वेबिनार

एआईले ल्याएको व्यवसायिक परिवर्तन र मेशिन लर्निङ्ग बारे सिकाउँदै टेक वेबिनार

टेक वेबिनार नेपालको ४१ औं श्रृंखलामा एआईले व्यवसायिक विशलेषणलाई कसरी परिवर्तन गर्दैछ र मेशिन लर्निङ्ग भनेर सिकाइने भएको छ ।

आगामी २७ मार्च साझँ ६ बजेबाट सुरु हुने वेबिनारमा गेष्ट वक्ताको रुपमा लेट द डेटा कन्फेस प्रालिका प्रमुख कार्यकारी अधिकृत अर्पिता गुप्ता र पाइथन र मेशिन लर्निङ्ग वक्ता तथा गूगल डेभल्पर्स ग्रुपका मेन्टर आदित्य शर्मा रहने भएका छन् ।

अर्पिता गुप्ताले एआईको आधारभूत पक्ष, व्यवसायलाई कसरी विकास गर्ने भन्ने बारे छलफल गर्नेछिन् ।

त्यस्तै आईटी उद्योगमा मेशिन लर्निङको प्रयोग बारे आदित्य शर्माले बताउनेछन् । नेपालको ४१ औं श्रृंखलामा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस ।