अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।
यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई- बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।
उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन्:
“हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुऱ्याउनेछ भन्ने आशा लिएका छौं ।”