कीवर्डहरू -

विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा आयोजना भएको हल्ट प्राइजको फिनाले सम्पन्न

विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा आयोजना भएको हल्ट प्राइजको फिनाले सम्पन्न

बिपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बिपिकेआईएचएस) मा सफलतापूवर्क हल्टप्राइज सम्पन्न भएको छ । गत मार्च १२ हल्टप्राइज एट बिपिकेआईएचएस फिनाले सम्पन्न भएको हो ।

कलेजमा ओरियन्टेसनबाट सुरु भएको हल्टप्राइज कार्यक्रममा दुई ओटा उद्यमशीलतामा आधारित टक सिरिज, चार ओटा वर्कशप र तीन दिने मेन्टरशीप सेसन आयोजना गरिएको थियो । यसमा बिपिकेआईएचएसका सदस्यहरुले राम्रो सहभागिता देखाएको आयोजकले जनाएको छ ।

कार्यक्रमहरु जूम मार्फत सञ्चालन गरिएको थियो र १२० जना सहभागीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा ८ जना टोली सहभागी भएका थिए ।

कार्यक्रमको सञ्चालन शशांक भट्टराई र अनु श्रेष्ठले गरेका थिए । कार्यक्रमको निर्णायक टोलीमा ग्लोबल साइबर सेक्युरिटी कम्पनी क्रातिकालका सहसंस्थापक दिपजंग थापा, वैदेशिक रोजगारी विभागका महानिर्देशक शेष नारायण पौडेल र शिक्षा टेक्नोलोजीका निर्देशक मिलन थापा रहेका थिए ।

उनीहरुले सहभागीहरुको प्रश्नहरुको पनि क्यूएनए सेसनमा जवाफ दिएका थिए । निर्णायक मण्डलले उद्यमी बन्दाको अनुभव, चुनौति र अवसर बारेमा पनि बताएका थिए ।

कार्यक्रमको विजयी एबिएस टिम बन्न सफल भएको थियो जस टिममा अजय सिंह, बर्साना अधिकारी र सुमित यादव रहेका थिए ।

त्यस्तै पहिलो रनर अप टिम लक्ष्या बनेको थियो, जसमा सुमिर हुसेन, मिरा देवी आचार्य, सरक्षा सिग्देल र सन्जीला लामा रहेको थिए र तेस्रो रनर अप समूह टिम आसार्य बन्न पुगेको थियो । यस टिममा सुमित धमला, आस्था थापा, यमुना रोकाया र रिवाज भण्डारी रहेका थिए ।