कीवर्डहरू -

आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

नेपालमा ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ नाराहित मनाइँदै

आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वभर विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ ।

यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा गैर नाफामूलक संस्था कन्जुमर इन्टरनेशनलले फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल वित्त) तय गरेको छ ।

यस दिवसमा विश्वव्यापी रुपमा उपभोक्ता अधिकारका बारेमा चेतनामूलक कार्यक्रम, उपभोक्ता संरक्षण र सशक्तिकरणका लागि विविध कार्यक्रम गरिन्छ ।

कन्जुमर इन्टरनेशनलले सय भन्दा बढि देश र २०० उपभोक्ता एडभोकेशी सदस्यहरुसँग सहकार्य गरेर यस दिवस मनाउँदै गत वर्ष प्लास्टिक प्रदुषण हटाउन संस्थाले काम गरेको थियो ।

नेपालमा पनि ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस २०७८ मनाइँदै छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त नाराका साथ विविध कार्यक्र गरी विश्व उपभोक्ता अधिकार दिवस २०७८ मनाइने जानकारी दिएको छ ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले पनि विश्व उपभोक्ता अधिकार दिवस मनाउँदै छ । प्राधिकरणले ‘डिजिटल रूपान्तरणका लागि निष्पक्ष डिजिटल उपभोक्ता’ विषयकमा प्यानल डिस्कसन सेसन आयोजना गरेको छ ।