कीवर्डहरू -

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न भएको छ । हल्टप्राइज एट एसएमसी कलेजमा ओरियन्टेसनबाट सुरु भएको हल्टप्राइज कार्यक्रममा पाँच ओटा सेसन आयोजना गरिएको थियो ।

यसमा उद्यमशीलतामा आधारित टक सिरिज, वर्कशप र अरु विभिन्न रमाइलो सेसनहरु आयोजना गरिएको थियो । यसमा एसएमसीका सदस्यहरुले राम्रो सहभागिता देखाएका थिए ।

कार्यक्रममा ८ जना टोली सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन अनु घिमिरेले गरेकी थिइन् । कार्यक्रमको निर्णायक टोलीमा हृदय कडेँल, चिरञ्जिीवी अधिकारी र रितेश घिमिरे रहेका थिए ।

एसएमसी कलेजका निर्देशक बिदुर प्रसाद लोहनीले आयोजक हल्टप्राइजलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलताका लागि आभार व्यक्त गरेका थिए ।

सबै सहभागी टिमलाई आफ्नो आईडिया पिच गर्न ४ मिनेट प्रदान गरिएको थियो जसमा क्यू एण्डए सेसन पनि समावेश गरिएको थियो ।

कार्यक्रमको विजयी टिम छुट पाम न भएको थियो । त्यस्तै रनर अप ड्रिमर टिम भएको थियो र दोस्रो रनर अप टिम एना भएको थियो । सबै विजयी टिमलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।