कीवर्डहरू -

विद्यार्थीका लागि सर्च एजुकेसनले सार्वजनिक गर्‍यो ओभरसिज एजुकेशन पोर्टल र एप

विद्यार्थीका लागि सर्च एजुकेसनले सार्वजनिक गर्‍यो ओभरसिज एजुकेशन पोर्टल र  एप

सर्च एजुकेशन नेपालले विधार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ ।

यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्च एजुकेशन डटकममार्फत उपलब्ध हुनेछ ।

यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययनका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउनेछ । यस एपको प्रयोगले बिधार्थी हरुलाई निम्न फाइदा हुने विश्वास सर्च एजुकेशन नेपालले लिएको छ ।

कोर्सहरू खोज्न सहज

विभिन्न कलेज र युनिभर्सिटिहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ ।

कोर्सहरू तुलना

सर्टलिस्ट गरिएका कोर्सहरू मध्ये  विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सक्ने छन् ।

कोर्सहरूको लागि आवेदन

कोर्सबारे निर्णय गरेपछि, यस पोर्टल मार्फत आफुलाई मनपर्ने कलेज र युनिभर्सिटिहरुमा अनलाइन मार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने छ ।

विशेषज्ञ काउन्सलर द्धारा  सहायता प्राप्त गर्न सकिने

आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पुर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने छ ।

साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सके पछि अफर लेटर  पठाए पश्चात विद्यार्थीले उक्त इााभच भिततभच स्वीकार गने र अन्य प्रकृयाहरु सु्रु गर्न सकिने छ ।

उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदि बारे आबश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ ।

यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ ।

सर्च एजुकेशन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालयहरू विस्तार गरेको छ ।