क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ मा सहभागी हुन् आह्वान गरेको छ ।
आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने क्यान इन्फोटेकमा सहभागी हुनका लागि दर्ता गर्न क्यान महासंघले मंगलबार आग्रह गरेको हो ।
आगामी मार्च ३० सम्म सहभागीका लागि आवेदन दिन सकिने छ । यदी तपाईसँग कुनै स्टार्टअप वा आईडिया छ भने यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । त्यसपछि मार्च ३१ मा नतिजा घोषणा गरिने छ ।
अनि छनोट भएका स्टार्टअप वा आईडियालाई प्रिजेन्टेसन र डेमोन्सट्रेसनका लागि सम्पर्क गरिने छ । छनोट हुनेले न्युनतम शुल्क वा निःशुल्क रूपमा आफ्नो स्टार्टअप वा आईडियाको प्रवर्द्धनका लागि इन्फोटेकमा प्लेटफर्म पाउने छन् ।
त्यस्तै छनोट हुनेले इन्ट्रान्स पास, नेटवर्किङको अवसर, प्रमाणपत्र, टोकन अफ लभ, उद्यमी तथा लगानीकर्तासँग मिटिङ लगायतको सुविधा पाउने महासंघले जनाएको छ ।