कीवर्डहरू -

खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र स्मार्टफोन जित्ने मौका 

खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र स्मार्टफोन जित्ने मौका 

भुक्तानी सेवा प्रदायक खल्तीले ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ नामक नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र बम्पर पुरस्कारकोरूपमा स्मार्टफोन जित्न सकिने छ ।

हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र एमएडब्लु इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १०० प्रतिशत क्यासब्याक (अधिकतम ५ हजारसम्म) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् ।

यो अफर चैत १ देखि आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ । यस अफरको बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको बताए ।

रु. ५००० माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ ।