कीवर्डहरू -

१२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई १८.६ मिलियन डलर जरिवाना

१२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई १८.६ मिलियन डलर जरिवाना

मेटालाई १२ ओटा जिडिपिआर सान्दर्भिक डेटा ब्रिचहरुका लागि १८.६ मिलियन डलर जरिवाना तिराइएको छ । १२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई आयरल्याण्डको डेटा प्रोटेक्सन कमिनशनले सो जरिवाना तिराएको हो ।

यूरोपेली यूनियनले जारी गरेको विभिन्न कानूनहरु नमानेकाले आयरल्याण्डले जरिवाना तिराएको हो ।आयरल्याण्डले मेटाले यूरोपेली यूनियनको देशहरुको डेटा सुरक्षा गर्न केके गरेको छ भनेर पनि देखाउन भनेको छ ।

आयरल्याण्डको डेटा प्रोटेक्सन कमिनशले डेटा ब्रिचबारे सन् २०१८ मा थाहा पाएको थियो र त्यसपछि यस विषयमा के कारबाही गर्ने भनेर छलफल चलिरहेको थियो ।

त्यति ठूलो संस्था भएपछि प्रयोगकर्ताको गोपनीयताको उत्तरदायित्व लिनुपर्ने डेटा प्रोटेक्सन कमिनशनको भनाइ रहेको छ ।