कीवर्डहरू -

जर्मनीमा चिप निर्माण गर्न १९ बिलियन डलर लगानी गर्दै इन्टेल, ३ हजारलाई रोजगारी

जर्मनीमा चिप निर्माण गर्न १९ बिलियन डलर लगानी गर्दै इन्टेल, ३ हजारलाई रोजगारी

इन्टेलले जर्मनीमा चिप निर्माण गर्ने उद्योग खोल्न १९ बिलियन डलर लगानी गर्ने भएको छ । इन्टेलका सिईओ प्याट जेलसिगंरले यो पृथ्वीकै एक ठूलो सिलिकन निर्माण गर्ने ठाउँ हुने विश्वास राखेका छन् ।

इन्टेलको योजना अनुसार त्यहाँ दुई ओटा प्लान्ट बसाएर ३ हजार जना कर्मचारीहरूलाई स्थायी रोजगार प्रदान गरिनेछ । त्यस्तै ७ हजार जनालाई निर्माण काममा रोजगार प्रदान गरिनेछ ।

यही वर्ष निर्माण गर्ने भवन बनाउन सुरु गरिनेछ र कम्पनीले यो प्रोजेक्ट सन् २०२४ सम्ममा सम्पन्न हुने आशा गरेको छ ।

सन् २०२१ को ब्लुमबर्गको रिपोर्ट अनुसार अमेरिकी सरकारले इन्टेललाई चीनमा कारखाना खोल्न सख्त मनाही गरेको थियो, जसका कारण उद्योग अरु ठाउँहरुमा बनाइने भएको हो । चिप अभावको समस्यालाई कम गर्नका लागि यो पहल सुरू गरिएको हो ।