कीवर्डहरू -

कप्तान पारसले शतक प्रहार गर्दा नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

कप्तान पारसले शतक प्रहार गर्दा नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

कप्तान पारस खड्काले एक दिवसीय खेलमा नेपालको लागि पहिलो शतक प्रहार गर्दा दुबईमा जारी युएई विरुद्धको तीनको श्रंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ ।

यो जीतसँगै नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता मिलेको छ । यसअघि नेदरल्यान्डविरुद्ध १-१ को बराबरी खेलेको नेपालले युएईलाई पराजित गर्दै पहिलो ओडिआई सिरिज जित्न सफल भएको हो ।

युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो।

\"Image

युएई विरुद्ध पारसले ऐतिहासिक उपलब्धि हाँसिल गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए।

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा डेब्यु खेलाडी सुन्दीप जोराले १९ रन जोडे। एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए।

यस्तै रोहित कुमार पौडेलले  १६ रन बनाउँदा बिनोद भण्डारीले ९ रन जोडे।

\"Image

दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए।

यस्तै आरिफ शेखले २१ रन बनाउँदा सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे।

नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।

नेपालले युएई विरुद्ध अब ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्ने कार्यक्रम छ । टि–२० सिरिजका सबै खेलहरु आइसीसी एकेडेमी ग्राउण्ड मै हुनेछन् ।