कीवर्डहरू -

सिटि एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्ध

सिटि एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा  आवद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १४ गतेबाट कारोबार सुरु गर्ने गरी सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा सञ्चालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन / तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC) , भुक्तानी दिने र लिनको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।