कीवर्डहरू -

स्वास्थ्य परामर्श लिन मिल्ने एप स्मार्ट हेल्थ नेपाल सार्वजनिक

स्वास्थ्य परामर्श लिन मिल्ने एप स्मार्ट हेल्थ नेपाल सार्वजनिक

स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ ​सञ्चालनमा आएको छ ।

डिजिटल प्रविधिमार्फत नागरिकहरूलाई स्वास्थ्य सरोकारका सबै परामर्श सेवा उपलब्ध एप सञ्‍चालनमा ल्याइएको यसका संस्थापक अध्यक्ष जीतेन्द्रकुमार थापाले जानकारी दिएका छन्‌ ।

यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम चासोका विषय जस्तै : अस्पताल, चिकित्सक, औषधी, रक्तसेवा दिने निकायलाई प्रभावकारी ढंगबाट सहयोग गर्ने हेतुले सञ्‍चालनमा ल्याइएको हो ।

सुविधायुक्त प्रविधिमैत्री एप्लिकेशन रहेको तथा स्वास्थ्य संस्था र बिरामीहरूलाई एक अर्कामा जोड्ने पुलको काम यो एप्लिकेशनबाट निःशुल्क रूपमा हुने कुरा अध्यक्ष थापाले बताएका हुन्‌ ।

स्मार्ट हेल्थ नेपाल एप्लिकेशनमार्फत आमनागरिकले नजिकको अस्पताल, औषधी पसल र एम्बुलेन्स सेवाबारे पनि जानकारी पाउन सक्नेछन्‌ ।

यो एप्लिकेशन प्रयोग गरी आफ्नो शरीरको उचाइ अनुसारको तौल (बडी मास इन्डेक्स) जानकारी लिन सक्ने पनि बताइएको छ । यो एप गुगल प्लेस्टोरमा SMART HEALTH NEPAL  या यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।