कीवर्डहरू -

स्मार्ट सेलले ल्यायो इजी लोन र थोरै पैसामा नेटटिभी हेर्ने सुविधा

स्मार्ट सेलले ल्यायो इजी लोन र थोरै पैसामा नेटटिभी हेर्ने सुविधा

स्मार्ट सेलले नयाँ सुविधा ल्याएकाे छ । नयाँ सुविधमा स्मार्टले  इजिलोन तथा न्यूनतम शुल्कमा नेट टिभि हेर्न मिल्ने याेजना ल्याएकाे हाे ।

यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सोभन्दा कम भएको अवस्थामा *129*10# डायल गरी रु. १० को व्यालेन्स प्राप्तगर्न सक्नेछन्।

रु. १ वा सोभन्दा कम भएको खण्डमा सहजै लोन प्राप्त गरी आफ्नो कुराकानीलाई निरन्तरता दिन सक्ने कम्पनीले जनाएको छ।

यसरी प्राप्त भएको व्यालेन्स प्रयोग गरी स्मार्टले प्रदान गरेका सेवाहरु प्रयोग गर्न सकिनेछ। ग्राहकले फोन गर्न, एस एम एस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन सकिने छ। लोन लिइएको रकम र सेवाशुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गरिने छ।

ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुनः लोन लिन भने सकिने छैन। यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ।

यसै गरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लग इनमा आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेटटिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने सुविधा पनि प्रस्तुत गरेको छ। यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि रु. २९, १४ दिनको लागि रु ५२ तथा एक महिना(३० दिन) को लागि रु ८७ तिरी नेटटिभिको सुविधा प्राप्त गर्न सक्नेछन्।

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापनाभई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ।

स्मार्ट टेलिकमप्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपालभर विस्तार गर्दै आएको छ। यसै सिलसिलामाकम्पनीले आफ्नो फोर जि सेवा काठमाडांै, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ।

\"No