कीवर्डहरू -

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) कार जितेका छन् ।

उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएको कम्पनीले जनाएको छ ।

उनलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।

फोनपेले अघिल्लो वर्षपनि यस्तै  योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका थिए ।

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो ।