कीवर्डहरू -

आईएमएस सफ्टवेयर र फिन्पोसबीच सहकार्य

आईएमएस सफ्टवेयर र फिन्पोसबीच सहकार्य

आईएमएस सफ्टवेयर र फिन्पोस ग्लोबल (फिन्पोस) बीच सहकार्य भएको छ । यससँगै संयुक्त रुपमा फिन्पोस स्मार्ट भुक्तानी टर्मिनलहरूमा नेपालको पहिलो डायनामिक पि‌ओएसमा एकीकरण गरी ल्याइएको छ ।

आईएमएस सफ्टवेयर स्थानीय र अन्तर्राष्ट्रिय बजारको माग पूरा गर्न मद्दत गर्ने सफ्टवेयर समाधानहरू विकास गर्नमा संलग्न  छ।

यसले व्यवसायहरूलाई उच्च प्रदर्शन सफ्टवेयर प्रदान गर्छ जसले उनीहरूलाई सामान्य अपरेसनहरूमा हस्तक्षेप नगरी प्रविधि र नवीनतामा अनुकूलन गर्न मद्दत गर्छ ।

फिन्पोस, नेपाल र विदेशका ग्राहकहरूलाई आफ्नो ओम्नी-च्यानल भुक्तानी प्रशोधन प्लेटर्म प्रदान गर्ने एक व्यापारी प्रविधि कम्पनी हो । फिन्पोस टर्मिनलहरू भिसा, मास्टरकार्ड, युनिअन पे डेबिट र क्रेडिट कार्डहरू स्वीकार गर्न सक्छन् ।

एन्ड्रोइड आधारित स्मार्ट टर्मिनलहरू एनएफसी (ट्याप र पे) समक्ष छन् र भुक्तानीका लागि गतिशीत एक्युआर कोड पनि उत्पन्न गर्न सक्छन्।

गठबन्धन मार्फत दुवै पक्षहरूले व्यवसायहरूमा लेनदेन र भुक्तानी प्रणालीहरूमा नयाँ परिवर्तन ल्याउन सक्षम हुनेछन् र ग्राहक र व्‍यपारीहरूलाई समग्र चेक-आउट अनुभव सुधार गरेर र सिमलेस भुक्तानी प्रक्रिया प्रस्ताव गरेर बजारमा राम्रो सम्‍बन्ध निर्माण गर्न मद्दत गर्नेछन् ।

आइएमएस सफ्टवेयर र फिन्पोस बीचको एकीकरण बुधबार भएको हो । दुई संस्थाको यो सहकार्यले नेपालमा डिजिटल भुक्तानीमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।