कीवर्डहरू -

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

सेलेब नेपाल र अलोन मिडिया च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्तव्यबाजी गरेको आरोपमा सुनसरी घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने ३० वर्षीय शर्मिला वाइबालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्याल बताए ।

उनलाई प्रहरीले गत शुक्रबार चितवनबाट ईलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा पक्राउ गरेको हो । पक्राउ गरी उनलाई काठमाडौं ल्याइएको हो ।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेकाले काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी अर्यालले जनकारी दिए ।