कीवर्डहरू -

लिनक्स (Linux) को प्रयोग कसरी गर्ने ? यी ९ चरण ख्याल गर्नुहोस्

लिनक्स (Linux) को प्रयोग कसरी गर्ने ? यी ९ चरण ख्याल गर्नुहोस्

धेरै कम्प्युटरहरु माइक्रोसफ्टको कुनै भर्सनमा चल्दछन् । तर, अहिले धरै सर्भर र डेस्कटप कम्प्युटरहरु लिनक्स अपरेटिङ सिस्टममा चल्न थालेका छन् । यो कम्प्युटर सिस्टम निःशुल्क र ओपन सोर्स सफ्टवेर विकास र वितरणको मोडेलमा आधारित छ । लिनक्स पनि युनिक्स (UNIX) अपरेटिङ सिस्टमजस्तै छ । लिनक्स विन्डोजभन्दा धेरै फरक भएकाले सुरुमा चलाउन सिक्न केही असहज जस्तो लाग्न सक्छ । तर, हामीले तल प्रस्तुत गरेका मार्ग निर्देशकहरुले लिनक्स अपरेटिङ सिस्टम चालउन र रमाईलो अनुभव लिन सहयोग पुर्याउनेछ ।

चरण १
सिस्टमसग परिचित हुनुहोस् :
तपाईको कम्प्युटरमा लिनक्स डाउनलोड र इन्स्टल गर्ने प्रयास गर्नुहोस् । यदि तपाई निश्चित हुनुहुन्न भने पनि तपाईको तत्कालको अपरेटिङ सिस्टम र चलिरहेको हार्ड ड्राइभलाई लिनक्ससँग अझ पनि राख्न सकिन्छ । अर्कोतर्फ, भर्चुअल बक्स (Virtual Box) को मद्दतले दुबै अपरेटिङ सिस्टम पनि चलाउन सक्नुहुन्छ । भर्चुअल बक्स चलिआएको होस्ट अपरेटिङ सिस्टमा एप्लिकेसनको रुपमा इन्स्टल गर्न सकिनछ । यो एप्लिकेसनले अन्न थप गेस्ट अपरेटिङ् सिस्टमलाई लोड गर्न, रन गर्न र प्रत्येकलाई आफ्नै भर्चअल दुनियामा चल्ने अनुमति प्रदान गर्दछ ।

\"Image

चरण २

लिनक्सको डिस्ट्रिब्युसनले उपल्ब्ध गराउने लाइभ सिडी (Live CD) बाट तपाईको कम्प्युटरको हार्डवेर जाच्नुहोस् :
कम्प्युटरमा दोस्रो अपरेटिङ सिस्टम इन्स्टल गर्न असहज महसुस भएको खण्डमा यसले सहयोगी भूमिका खेल्नेछ । लाइभ सिडीले सिडीबाट लिनक्सको परिवेशमा बुट (द्यययत) गर्ने अनुमति प्रदान गर्दछ जसले गर्दा तपाईको कम्प्युटरमा अरु केही पनि इन्स्टल गर्नुपर्ने आवश्यकता हुन्न । युबुन्टु (Ubantu) तथा केही अन्य लिनक्सका डिस्ट्रिब्युसनले अरु सिडी र डिभीडी पनि अफर गर्दछ जस्ले गर्दा एलाइभ ( a Live mode ) मोडमा बुटगर्ने र उही डिस्कमा इन्स्टल गर्ने अनुमति प्रदान गर्दछ ।

\"Image

चरण ३
तपाईले प्राय कम्प्युटरमा गर्दै आउनुभएको कार्य गर्ने कोसिस गनुहोस् :
यदि वर्ड प्रोसेस वा सिडी वर्न गर्न सक्नु भएन भने समाधान खोज्नुस् । समाधान खोज्नु पूर्व आफूले गर्न चाहेको, गर्न सक्ने र गर्न नसक्ने कुराको टिपोट गनुहोस् ।

\"Image

चरण ४
लिनक्सका डिस्ट्रिब्युसनहरुबारे सिक्नुहोस् :
लिनक्स भन्नाले बढीजसो जिएनयु÷लिनक्स डिस्ट्रिब्युसन ( GNU/Linux Distribution ) भन्ने अर्थ लाग्दछ । यहा डिस्ट्रिब्युसन भन्नाले लिनक्स कर्नल ( Linux kernel) भनिने धेरै सानो प्रोग्राममा प्रारम्भमा चल्ने (रन हुने) सफ्टवेरहरुको कलेक्सन हो ।

\"Image

चरण ५
डुअल–बुटिङ ( Dual-Booting ) बारे जान्नुहोस् :

डुअल–बुटिङले लिनस्क्स र विन्डोजबीचको पार्टेसन र विन्डोजलाई पनि कसरी निरन्तर प्रयोग गर्ने भन्ने कुरा बुझ्न मद्दत गर्दछ । तर, डुअल–बुटिङ सेटअप गर्नु पूर्व सम्पूर्ण पर्सनल डाटा र सेटिङको ब्याकअप गर्न नभुल्नुहोस् ।

\"Image

चरण ६
सफ्टवेर इन्स्टल
सकेसम्म चाँडो सफ्टवेर इन्स्टल र अनइन्स्टल गर्ने कुरमा अभ्यस्त हुनुहोस् । प्याकेज म्यानेज्मेन्ट  र रिपोजिोरीज बारेको बुझाइले आधारभूतरुपमा लिनक्सलाई बुझ्न राम्रो भूमिका खेल्दछ ।

\"Image

चरण ७
कमान्ड–लाइन इन्टर्फेस ( command-line interface ) प्रयोग गर्न सिक्नुहोस् :
कमान्ड–लाइन इन्टर्फेसलाई टर्मिनल, टर्मिनल विन्डोज अथवा शेल भनेर पनि चिनिन्छ । त्यसैले धेरै प्रयोग कर्ताले अपरेटिङ सिस्टम लिनक्नमा परिवर्तन गर्नुको कारण पनि टर्मिनल भएरै हो । त्यसैले यसबाट असहज महसुस नगर्नुस् । टर्मिनल भनेको किबोर्ड र स्क्रिन समावेश भएको इक्युप्मेनट हो जसले प्रयोगकर्तालाई सेन्ट्रल कम्प्युटर सिस्टमसग जोड्दछ । म्याक् ओएसएक्समा भन्दा लिनक्समा सहज ढङ्गले टर्मिनलको प्रयोग गर्न सकिन्छ । एप्रपस ( - apropos ) को प्रयोगले निश्चित टास्क्को लागि कमान्ड पत्ता लगाउन सहयोग गर्दछ ।

\"Image

चरण ८
आफूलाई लिनक्स फाइल सिस्टमसग परिचित गराउनुहोस् :
लिनक्क फाइल सिस्टममा छैन, विन्डोजमा अभ्यस्त हुनुभएको तपाईले यो सुरुमै थाहा पाउनु हुनेछ । सबै फाइलहरु फाइल सिस्टमको रुटबाट सुरु हुन्छन् र फरक हार्ड ड्राइभहरुले ÷dev डिरेक्टोरीबाट एक्सेस पाउदछन् । विन्डोज एक्सपी र २००० को सि डक्युमन्ट र सेटिङमा पाउनुहुने होम डिरेक्टोरी लिनेक्समा भने home मा पाउनुहुनेछ ।

\"Image

चरण ९
लिनक्स इन्स्टलको सम्भाव्यता बारे खोज गर्नुहोस् :
विटिआरएफएस ( btrfs ) जस्तो नया र छिटो फाइल प्रयोग गर्ने प्रयास गर्नुहोस् जसले स्पिड र रिलाअबिलिटीलाई बढाउदछ । साथै लिनक्सलाई बुट गर्न सकिने युएसबी स्टिकमा इन्स्टल गर्ने प्रयास पनि गर्नुहोस् । छिट्टै तपाईले गर्न सक्ने धेरै कुराहरु पत्ता लगाउनुहुनेछ ।

\"Image