ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको छ । बैंकले मुद्दती निक्षेप कर्ताहरूलाई लक्षित गरी मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको जनाएको हो ।
मुद्दती निक्षेप कर्ताहरूले बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा वेवसाइट www.globalonline.gibl.com.np मार्फत मुद्दती निक्षेपको धितो अनलाइन कर्जा लिन सक्ने बैंकले जनाएकाके छ ।
यसबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्ने बैंकले जनाएको छ ।