कीवर्डहरू -

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी  ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् ।

प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रिया सरल र सजिलो प्रक्रिया बनाउन खल्तीले यो अफर ल्याएको जनाएको छ । खल्तीबाट प्रति कारोबार सीमा ५० हजार  र प्रति दिन १ लाख रूपैयाँ रहेको छ । यो अफर आगामी बैशाख ६ गतेसम्म लागु हुनेछ ।

यस अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

खल्तीले २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुलाई सेवा दिइरहेको छ । यसबाट मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईट लगायतको भुक्तानी गर्न सकिन्छ ।