कीवर्डहरू -

डिजिटल क्यामेराका यस्ता रोचक तथ्य 

डिजिटल क्यामेराका यस्ता रोचक तथ्य 

१. पहिलो डिजिटल क्यामेरा सन् १९७५ मा स्टिभ स्यासनले बनाएका हुन् ।

. यो क्यामेराको तौल ८ पाउन्ड र ०.०१ मेगापिक्सलको ब्लाक एन्ड वाइट फोटो खिच्दथ्यो । यो क्यामेराले पहिलो फोटो खिच्न २३ सेकेन्ड लागउँदथ्यो ।

३. सन् १८२७ मा जेसेप निसेफोर नाइप्सेले अब्स्करा क्यामेराको मद्दतले पहिलो फोटोग्राफिक तस्विर बनाए ।

४. विश्वको सबैभन्दा महँगो क्यामेरा १९२३ लेइका ओ–सिरिजको एउटा क्यामेरा थियो । यो लगभग २ लाख ७९ हजार अमेरिकी डलरमा अस्ट्रेलियामा बिक्री भएको थियो ।

५. सन् १८६१ मा स्कटिस भौतिकशास्त्री जेम्स क्लार्क म्याक्स्वेलले पहिलो कलर फोटोग्राफ बनाए ।

६. सन् १८८८ मा जर्ज इस्टम्यानले फोटोग्राफिको प्रचलन आम मानिसमा ल्याए । उनले रोल फिल्मको लाग पेटेन्ट पाएका थिए ।

७. ह्यासेल्ब्लाड क्यामेराको व्यापक प्रयोग चन्द्रमामा गएका एपोलो मिसन अन्तरगतका अन्तरिक्ष यात्रीहरुले गरेका थिए । उनीहरुले पृथ्वीमा चन्द्रमाको चट्टानको नमुना ल्यायाउनु पर्ने भएकाले अन्तरिक्ष यानको भार वहन क्षमतालाई सन्तुलनमा राख्नको लागि १२ ओटा ह्यासल क्यामेराहरु चन्द्रमा छोड्नुपर्यो ।

८. फोटोग्राफ बनाउने प्रक्रियामा प्रयोग हुने केमिकललाई फोटोग्राफिक फिक्जाटिभ्स भनिन्छ । यो यति विषालु हुन्छ की, यो खाएको खण्डमा मान्छेको ज्यान जान सक्छ ।

९. सबैभन्दा लामो फोटोको नेगेटिभको लम्बाई १२९ फिट छ । १३ जुन २०१० मा स्टेबन पास्टोरिनो डाइजले बनाएका हुन् ।