कीवर्डहरू -

एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै

एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै

एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुनासो राखेका छन् । आईओएस १५.४ अपडेटले फेस मास्क लगाएरै फोन अनलक गर्न दिने फिचर ल्याएको थियो ।

सबैले स्मार्टफोन खरिद गर्न नसक्ने हुँदा यो अपडेट आएको थियो । यो फिचर आईफोन १२ र १३ का लागि मात्रै उपलब्ध रहेको छ र यही नयाँ फिचरको लोभले अपडेट इन्स्टल गर्नेहरुको अहिले धेरैनै ब्याट्री ड्रेन भईरहेको छ ।

पहिले पनि एप्पलको डिभाइसमा केही नयाँ अपडेट आउँदा केही समय सम्म ब्याट्री ड्रेनेज धेरै भइरहेको हुन्थ्यो र यसपालि पनि त्यहीनै भएको अनुमान गरिएको छ । ब्याकग्राउण्डमा अरु धेर कुरा भईरहेकाले पनि यस्तो भएको हुन सक्छ ।