टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो ।
जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पाएको थियो ।
विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ भने वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ । यस्तै बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको हो ।
जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्च उर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित छ।
यसमा भएको आइपी–६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ। गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ।
विद्युतीय टिगोर छोटो समयमै चार्ज गर्न सकिन्छ। जसमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ। यसबाहेक ब्याट्रीलाई १५ एएमपी प्लग अर्थात् घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट पनि सजिलै चार्ज गर्न सकिन्छ ।
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      