कीवर्डहरू -

हेल्थटेक स्टार्टअप कम्पनी वाइजयाकमा टिम भेञ्चर्सको ३ करोड लगानी

हेल्थटेक स्टार्टअप कम्पनी वाइजयाकमा टिम भेञ्चर्सको ३ करोड लगानी

वाइजयाक नामक एआई आधारित हेल्थटेक कम्पनीले टिम भेन्चर्सबाट ३ करोड ३ लाख ८८ हजार ५०० रुपैयाँ लगानी प्राप्त गरेको छ ।

वाइजयाकले आर्टिफिसियल इन्टेलिजेन्स र मेशिन लर्निङ्गमा आधारित प्रविधिको विकास गरेको छ, जसले क्लिनीकल डिशिजन सपोर्ट प्रदान गर्छ । यसले एक एकीकृत प्लेटफर्मको रुपमा काम गर्छ ।

टिम भेन्चर्सका सिईओ टेन्जिन सोनाम गोन्सारले यस लगानीले वाइजयाकलको ग्लोबल लञ्चका लागि सहयोग पुग्ने बताएका छन् ।  टिम भेन्चर्स वाइजयाकको एक हिस्सा हुन पाउँदा एकदमै खुशी लागेको पनि उनले बताए ।

यो प्रविधिले अस्पताल, डाक्टर, स्वास्थ्य कर्मचारी,अन्वेषण संस्था, फार्मेक्युटिकल, सरकारी र गैर सरकारी सबै प्रकारको संस्थालाई फाइदा हुने जनाइएको छ ।

वाइजयाकले आफूलाई एक विश्वव्यापी रुपमै हेल्थटेक कम्पनीकको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडि बढेको छ । स्वास्थ्यका क्षेत्रमा एआईले एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सन् २०२१ देखि २०३० सम्ममा एआईले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावले मार्केट भ्याल्यु १९४.१४ बिलियन डलरको हुन पुग्ने अनुमान गरिएको छ ।