कीवर्डहरू -

ओपो ए ७६ स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

ओपो ए ७६ स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए ७६ सार्वजनिक गरेको छ । ओपो ए ७६ ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन सार्वजनिक गरेको हो।

ओपो ए-७६मा अभूतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इन्चको पन्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ।

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ।

ओपो ए-७६को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज छ। यो फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक छ ।

ग्लोइङ ब्ल्यू (निलो) र ग्लोइङ ब्ल्याक (कालो) गरी दुई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ।

ठूलो डिस्प्ले भएका कारण यो फोनमा भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव हुन्छ। फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ।

ओपो ए-७६मा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच् क्षमताको ब्याट्री जडान गरिएको छ। यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई ५ मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिन्छ ।

यो फोनका साथमा ओपोले हार्डवेयरका साथै सुपर पावर सेभिङ मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङ लगायत फिचर मार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको छ।

क्वालकम स्न्यापड्रागन ६८० द्वारा सञ्चालित ओपो ए-७६ मल्टिटास्किंङको लागि उपयुक्त छ। ६ जिबी र १२८ जिबी क्षमताका साथ सार्वजनिक यसमा अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा एक टिबी सम्मको माइक्रोएसडीको प्रयोग गर्न सकिन्छ।

ओपो ए ७६मा १.१२ माइक्रोन र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा दिइएको छ । फोनको पछाडि भागमा डुअल रिअर क्यामेरा सेटअप पाउन सकिन्छ । यसको माथिल्लोपट्टी १२ मेगापिक्सल र तलपट्टी सेकेन्डरीका रुपमा २ मेगापिक्सलको क्यामेरा पाउन सकिन्छ।

यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २० वटा कन्टिनुअस ब्रस्ट सट्स सपोर्ट गर्छ। फोनमा रहेको अगाडि र पछाडिको दुवै क्यामेराले एचडिआर सपोर्ट गर्छन्।

कम्पनीले नेपाली बजारमा ओपो ए-७६ निलो र कालो रंग विकल्पमा उपलब्ध गराउँदैछ। यो ६ जिबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध हुनेछ । जसको बजार मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।