कीवर्डहरू -

विदेशबाट आईएमई मार्फत पैसा पठाउँदा मिदासको निःशुल्क अनलाइन कक्षा

विदेशबाट आईएमई मार्फत पैसा पठाउँदा मिदासको निःशुल्क अनलाइन कक्षा

आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई र मिदास एजुकेसनले ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु गरेका छन् ।  दुई पक्षबीच भएको सहमतिअनुसार ८ चैत्र देखि ३१ वैशाख २०७९ सम्म जम्मा ५४ दिनको लागि यो अभियान सञ्चालन हुनेछ ।

अभियानमा आइएमई मार्फत विदेशबाट रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।

लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंकमा क्लिक गरेर मिदास इक्लास सरलीकरण शिक्षा एप इस्टल गर्न सक्नेछन् ।

एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् भने सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।

‘सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक÷शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्र अनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ’, आईएमसईले भनेको छ, ‘अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ ।

मिदास इक्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुने विश्वासका साथ अभियान सुरु गरिएको कम्पनीको भनाइ छ ।