कीवर्डहरू -

भोलि बिहानसम्म यातायात कार्यालयबाट प्रदान गरिने सेवा बन्द

भोलि बिहानसम्म यातायात कार्यालयबाट प्रदान गरिने सेवा बन्द

यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरू भोलि बिहानसम्म बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले बुधबार एक सूचना प्रकाशित गर्दै बुधबार अपराह्न्न ५ बजेदेखि बिहिबार बिहान ६ बजेसम्म विभागको सर्भर बन्द हुने जानकारी दिएको हो ।

उक्त अवधिमा विभागको सर्भर बन्द हुने र यातायात कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू अवरूद्ध हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

साथै यस सम्बन्धमा केही सञ्चारमाध्यममा प्रकाशित अनिश्चितकालिन सेवा बन्दको समाचार सत्य नभएको समेत विभागले बताएको छ ।