कीवर्डहरू -

पावर बैंकबारे जान्नैपर्ने यी कुरा

पावर बैंकबारे जान्नैपर्ने यी कुरा

बोक्न मिल्ने (पार्टेबल) पावर ब्याङ्कमा खास ब्याट्रीको प्रयोग गरी विद्युतीय उर्जाको प्रवाह नियन्त्रण गर्न विशेष सर्किटको प्रयोग गरिएको हुन्छ । यिनको मद्दतले विद्युतीय उर्जा भण्डारण गर्न (ब्याङ्कमा बचत गर्न) र पछि आवश्यक परेको बेला मोबाइ डिभाइसलाई चार्ज गर्न (ब्याङ्कबाट झिक्न) सकिन्छ । तपाईले प्रयोग गर्ने फोन, ट्याबलेट, र पोर्टेबल मिडिया प्लेयरहरु दिनभरी तपाईसँगै चल्न सक्ने भएका छन् । त्यसैले पछिल्लो समय पावर ब्याङ्क अत्यन्तै लोकप्रिय बन्न पुगेका छन् । ब्याट्री ब्याकअपको लागि आफूसगै पावर ब्याङ्क बोकेर हिड्न सकिने भएकाले घर टाढाको लामो यात्रा पनि निर्धक्क भएर गर्न सकिने भएको छ । पावर ब्याङ्कलाई पावर स्टेसन्स अथवा ब्याट्री ब्याङ्क भनेर पनि चिनिन्छ ।

पावर ब्याङ्कले के-के चार्ज गर्न सक्छ ?
पावर ब्याङ्कबाट क्यामेरा, गोप्रोज( GoPros ), पोर्टेबल स्पिकर, जिपिएस सिस्टम, एमपिथ्रि प्लेयर, स्मार्टफोन र ट्याब्लेटसम्म पनि चार्ज गर्न सकिन्छ । घरमा युएसबीको मद्दतले चार्ज गर्न सकिने सबै डिभाइसहरु पावर ब्यांकबाट चार्ज गर्न सकिनछ तर तपाईले पावर ब्यांकलाई पनि चार्ज गर्नु पर्छ भन्ने कुरा चाहि भुल्न हुँदैन ।

कस्ता किसिमका पावर ब्याङ्कहरु उपलब्ध छन् त ?
मूख्यतया: हाल बजारमा यस्ता तीन प्रकारका पावर ब्याङ्कहरु उपलब्ध छन्ः
-युनिभर्सल पावर ब्याङ्क– यो विशेष प्रकारको पावर ब्याङ्क हो । यिनीहरु विभिन्न आकारमा उपलब्ध रहेका छन् जुन तपाईको डिभाइसको आवश्यकता र बजेट अनुकुल रहेका छन् ।
-सोलार चाज्र्ड पावर ब्याङ्क– यसमा फोटोभोल्टेक प्यानल हुन्छ जसको मद्दतले घाममा राखेर इन्टर्नल ब्याट्री चार्ज गर्न सकिन्छ । सोलरबाट चार्ज गर्ने कार्य अलि ढिलो हुन्छ तर तारबाट पनि चार्ज गर्न भने सकिन्छ ।
-ओल्डर स्टाइल ब्याट्री फोन केस– तेस्रो प्रकारको यो पावर ब्याङ्क पुरानो शैलीको ब्याट्री केस हो । यस्ता पावर ब्याङ्क धेरै कम डिभाइसका लागि मात्र उपयुत्त हुने गरीका छन् ।

पावर ब्याङ्कलाई कसरी चार्ज गर्ने ?
पावर ब्याङ्कलाई चार्ज गर्नको लागि यसमा खास पावर इन्पुट सकेटको प्रयोग गरिएको हुन्छ । यसलाई कम्प्युटरको युएसबी सकेटबाट पनि चार्ज गर्न सकिन्छ तर छिटो चार्ज गर्नको लागि भने वाल सकेट एडप्टरबाट चार्ज गर्नु नै उपयुक्त हुन्छ । मुख्यतया पावर ब्याङ्कले चार्जिङ्को लागि मिनी वा माइक्रो युएसबी सकेट र डिस्चार्जिङ्को लागि ठूलो साइजको युएसबी सकेटको प्रयोग गरेको हुन्छ । कुनै–कुनै पावर ब्याङ्कले इन्पुट र आउटपुट दुबै प्रयोजनको लागि एउटै साइजको सकेटको प्रयोग गरेको पनि पाइन्छ ।

एउटा पावर ब्याङ्क कति समयसम्म टिक्छ ?
एउटा पावर ब्याङ्क कहिलेसम्म चल्छ भन्ने कुरा मुख्यतया दुई कुराले निर्धारण गर्दछ । पहिलो, पावर ब्याङ्कलाई कति पटक चार्ज र डिस्चार्ज गरियो भन्ने र दोस्रा,े प्रयोग नगरी राखिएको खण्डमा फेरि कहिले चार्ज गरिन्छ भन्ने कुरा हो । यिनको टिकाउको विषय यिनमा प्रयोग भएका कम्पोनेन्ट, ब्याट्री र गुणस्तरले पनि निर्धारण गर्दछ । अर्कोतर्फ पावर ब्याङ्कलाई कस्तो तापक्रममा राखिन्छ त्यसले पनि ठूलो प्रभाव पार्दछ । सामान्यतया पावर ब्याङ्कहरु दिनहू प्रायोग नहुने हुदा १८ महिनासम्म राम्रोसग काम गर्न सक्छन् ।

पावर ब्याङ्कमा कस्ता ब्याट्रीहरुको प्रयोग हुन्छ ?
अहिले बजारमा उपलब्घ भएका पावर ब्याङ्कमा लिथियम–आइओन र लिथियम–पोलिमर दुई प्रकारका ब्याट्रीहरुको प्रयोग भएको पाइन्छ । सामान्यतया लिथियम–आइओन ब्याट्रीहरु सस्तो र यिनमा सिमित एमएएच क्षमता हुन्छन् । अर्को तर्फ लिथियम–पोलिमर ब्याट्रीहरु बढी क्षमताका र अझ टिकाउ किसिमका हुन्छन् ।

पावरब्यांक किन्नुअघि ध्यान दिनुपर्ने मूख्य कुरा :
१. पावरब्यांकको क्षमता
पावरब्यांको क्षमतालाई एमएएच मा मापन गरिन्छ । जति धेरै एमएएच छ पावरब्यांले त्यति नै बढी पावर स्टोर गर्दछ । कति क्षमताको पावरब्यांक लिने भन्ने कुरा तपाईले के र कति वटा डिभाइसहरु चार्ज गर्न चाहनुहुन्छ भन्ने कुराले निर्धारण गर्दछ । महत्वपूर्ण कुरा के हो भने तपाईको मोबाइल फोन, ट्याब्लेट वा कुनै डिभाइसमा प्रयोग भएको ब्याट्रीको क्षमताभन्दा बढी क्षमताको पावरब्यांक लिनुपर्दछ ।

उदाहरणको लागि आइफोन एस्मा १५७०एमएएच ब्याट्रीको प्रयोग गरिएको छ, त्यस्तै सामसुङ एस५मा २८००एमएएच ब्याट्री छ, मोटोरोला ड्रोइड म्याक्समा ३५००एमएएच ब्याट्री छ भने ग्यालेक्सी ट्याब १०.१मा ७१००एमएएच ब्याट्री छ । त्यसैले आफूले प्रयोग गर्ने डिभाइसको ब्याट्री क्षमताभन्दा बढी क्षमताका पावरब्यांक लिनु पर्दछ ।

धेरै पावर ब्यकअप चाहनुहुन्छ भने सामान्य मोबाइलफोनहरु चार्ज गर्न ४०००एमएएच आसपारका पावरब्यांक पर्याप्त हुनेछ, बढी ब्याट्री क्षमताका स्मार्टफोनहरु चार्ज गर्न चाहनुहुन्छ भने १००००एमएएच बराबरको पावरब्यांक पर्याप्त हुनेछ । यदि ट्याब्लेट चार्ज गर्न चाहनुहुन्छ भने ट्यब्वलेटको ब्याट्री क्षकता अनुसार १०००० एमएएच आसपास वा सोभन्दा बढी क्षमताको पावरब्यांक लिनु राम्रो हुनेछ ।

२. चार्ज स्पिड
चार्जको स्पिडलाई एम्प (ब्ःएक्) मा मापन गरिन्छ । छोटकरीमा एम्पलाई ए(ब्) मात्र लेखिन्छ । यसले डिभाइसमा प्रवाह हुने करेन्टको गतिलाई जनाउदछ । बजारमा उपलब्ध पावरब्यांकहरुमा मुख्यतयाः ०.५ए, १.०ए, २.१ए र ३.१ए आउटपुट क्षमताहरु रहेका छन् ।

कम्प्युटरमा रहेको जस्तो स्टान्डर्ड युएसबी पोर्टले ०.५ए आउटपुटको दरले चार्ज गर्दछ भने गुणस्तरिय वाल चर्जरले २.१ए आउटपुटको दरले चार्ज गर्दछ । पावरब्यांककाे आउटपुटमा एम्म जति बढी छ त्यति नै छिटो डिभाइसहरु चार्ज हुने गर्दछन् । तर ट्याब्लेट र एप्पलका धेरै डिभाइसहरु ०.५ए वा १.०ए आउटबाट चार्ज हुदैनन् ।

त्यसकारणले यस्ता डिभाइसका लागि भने २.१ए वा सोभन्दा बढी एम्प आउटपुट भएको पावरब्यांक लिनुपर्दछ । समग्रमा २.१ए आउटपुट सबै स्मार्टफोन र ट्याब्लेटहरुमा झनै उपयुक्त र सुरक्षित हुनेछ । त्यसैगरी, पावरब्यांको इन्पुट क्षमता जति धेरै छ पावरब्यांक आफैमा पनि चार्ज गर्दा उति नै छिटो चार्ज हुनेछ ।