कीवर्डहरू -

पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती 

पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती 

राहदानी विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले सास्ती पाएका छन् । ४ दिनदेखि विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले ई-पासपोर्ट लिन सास्ती पाएका हुन् ।

पासपोर्ट बनाउन विभागमा देशभरबाट मानिसहरू आएका हुन्छन् तर विभागको लापरवाहीले गर्दा सेवाग्राहीले सास्ती पाएका छन् । विभागको सर्भरले घरी काम गर्ने घरी काम नगर्ने गरेको छ ।

यसअघि पनि पटक पटक विभागको सर्भरले काम गर्ने गरेको थिएन् । तर पटक पटक सर्भरमा समस्या आउँदा  पनि उक्त समस्यालाई समाधान गर्ने तर्फ विभागको ध्यान गएको छैन् ।

सर्भरले काम नगर्दा टाढा टाढाबाट ई-पासपोर्ट लिन आएका सेवाग्राही दिनभर घण्टौं लाइनमा बसेर फिर्ता जान बाध्य छन् ।

विभागको सर्भरमा समस्या आउँदा विभागमा मात्रै होइन देशैभरिका ई-पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालयमा समेत असर पर्छ । सर्भरले काम नगर्दा औठा छाप, आँखाको नानीको रेकर्ड (बायोमेट्रिक) लगायतका काम ठप्प भएका छन् ।