कीवर्डहरू -

खल्तीमा आफ्नो बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

खल्तीमा आफ्नो बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक खाता लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ ।  यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ ।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । जसमा पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ भने यो अफर चैत्र ९ गतेदेखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधालाई प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएको बताए ।