कीवर्डहरू -

अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न प्रहरीको अनुरोध 

अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न प्रहरीको अनुरोध 

अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न नेपाल प्रहरीले अनुरोध गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै डिस्पोजेबल इमेल प्रयोग नगर्न अनुरोध गरेको हो ।

कतिपय प्रयोगकर्ताहरूले अनलाइन पुलिस क्लियरेन्समा डिस्पोजेबल इमेल प्रयोग गरी आवेदन दिने गरेको पाइएकोले यस्ता डिस्पोजेबल इमेलबाट प्रयोगकर्ताको संवेदनशील र गोप्य कागजहरूमा अनाधिकृत पहुँच पुग्ने प्रहरीको भनाइ छ ।

संवेदनशील प्रणालीमा डिस्पोजेबल इमेल प्रयोग नगरी व्यक्तिगत इमेल प्रयोग गर्न र ओपीसीआर प्रणालीको पासवर्ड समय समयमा परिवर्तन गर्न अनुरोध गरिएको छ ।

\"\"