कीवर्डहरू -

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।

साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए ।

यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुबै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।

यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्विनेशन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ ।

रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको शुरुवाती मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।