कीवर्डहरू -

नास्टले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू

नास्टले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू भएको छ । बागमती प्रदेशको प्रदर्शनी नास्टको कार्यालय खुमलटारमा शुरू भएको हो ।

कार्यक्रममा विद्यार्थी लगायत विभिन्न सरकारवाला निकाहरूको सहभागी रहेको छ । प्रदर्शनीमा विज्ञान, प्रविधि सम्बन्धि विभिन्न परियोजना अवलोकनमा राखिएको छ ।

उक्त कार्यक्रममा प्रदर्शनी लगायत इन्नो टक, इन्नोभेटिभ आइडिया शेयरिङ, इन्नोभेसन डाइलग, स्टेकहोल्डर मिटिङ पनि हुनेछन् ।

नेसनल इन्नोभेसन डिजिटल नेटवर्क र नास्टको आयोजना तथा दि एशिया फाउन्डेसन, रोबोटिक्स एशोसिएसन नेपाल, नक्शा र युकेएडको सहयोगमा प्रादेशिक इन्नोभेसन प्रदर्शनी बागमती बाहेकका अन्य प्रदेशमा सम्पन्न भइसकेको छ ।
प्रदर्शनी गत फागुन २० गतेबाट शुरू भएको थियो ।