कीवर्डहरू -

वानप्लस टेन प्रो फाइभजीको बुकिङ खुला, बुकिङ गर्नेलाई गिफ्ट र १० हजारको सुविधा

वानप्लस टेन प्रो फाइभजीको बुकिङ खुला, बुकिङ गर्नेलाई गिफ्ट र १० हजारको सुविधा

वानप्लस १० प्रो फाइभजी स्मार्टफोनको अग्रिम बुकिङ नेपालमा खुल्ला भएको छ । चैत १ट गतेदेखि वानप्सल टेन प्रो फाइभजी स्मार्टफोनको बुकिङ खुल्ला भएको हो ।

फोन आधिकारिक विक्रेता, दराज र सस्तोडिलबाट चैत १९ गतेसम्म बुकिङ गर्न सकिने छ । ग्राहकले जिरो प्रतिशत ईएमआईमा बैंकबाट बुकिङ समेत गर्न सकिने जनाइएको छ ।

वानप्लसको यस फोनमा १२० हर्जको डिस्प्लेसहित सुधारिएको एलटीपीओ २.० र डुअल कलर क्यालिब्रेसन जस्ता फिचर छन् ।

साथै एडभान्स टेक्नोलोजीले गेमिङको अनुभव बुस्ट गर्ने जनाइएको छ । बुकिङ गर्ने ग्राहकले वानप्लस बुलेट वायरलेस जेड, वानप्लस ब्याण्ड, वानप्लस ब्यान्ड जेड निःशुल्क पाउने छन् ।

त्यस्तै वानप्लस बड जेड टु १ हजार ९९९ रूपैयाँमा, वानप्लस बड्स प्रो चार हजार ९९९ रुपैयाँमा र वानप्लस वाच ७ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ ।
मोबाइलमा १ वर्षका लागि स्क्रिन ब्रेकेज इन्स्योरेन्स सुविधा पाइने छ । साथै ग्राहकले अग्रिम बुकिङमा १० हजारसम्मको छुट र सुविधा पाउने छन् ।