कीवर्डहरू -

गर्ल्स इन टेक नेपालको प्यानल डिस्कसन सम्पन्न

गर्ल्स इन टेक नेपालको प्यानल डिस्कसन सम्पन्न

गर्ल्स इन टेक नेपालले निड अफ वुमन इन डेटा अगेन्स्ट जेन्डर बायस इन एआई भन्ने विषयमा प्यानल डिस्कसन सम्पन्न गरेको छ । गत २० मार्चमा सञ्चालन गरिएको सो कार्यक्रमलाई युकेएड नेपाल, डेभलपमेन्ट इनिसियटिभ, द एसिया फाउण्डेशन र डेटा फर डेभलपमेन्ट नेपालले सहयोग रहेको थिए ।

कार्यक्रममा ६५ बढीको सहभागिता थियो । प्यानलिस्टको रुपमा दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुवँर, डिअरहोल्डको नेपाल अप्रेशनको निर्देशक सचिन करणजित, नामीमा अनुसन्धान कर्ता श्रेयेशा पौडेल र फ्युज मेशिनमा एआइर्ए र प्रडक्ट विभागको प्रबन्धक राकेश कटुवाल रहेका थिए ।

छलफलमा विशेषगरी डेटामा बायस भएमा त्यसले एलगोरिदमलाई र अन्ततः जीवनलाईनै प्रभाव पार्नेबारेमा छलफल गरिएको थियो ।

बायसलाई व्यवस्थित गर्नमा कार्यकारी र व्यवसायी नेतृत्वहरुको ठूलो भूमिका हुने कुरा पनि छलफलमा उठान गरिएको थियो । प्रविधि सबैका लागि सर्वसुलभ बनाउनुपर्ने पनि प्यानल डिस्कसनमा जोड दिइएको थियो ।