कीवर्डहरू -

ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपालमा

ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपालमा

भारतीय ब्राण्ड ओडीसीले  इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । उक्त स्कुटर तथा मोटरसाइकलको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका हुन् ।

राजधानीको नक्सालस्थित सोरुमको उद्घाटन गर्दै घिसिङले विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरे । उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनको व्यवस्था गर्न लागिएको बताए ।

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरूले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए ।

ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने बताइएको छ ।