कीवर्डहरू -

अब मासिक १२ सय रूपैयाँमा वर्ल्डलिंकको २०० एमबीपीएसको इन्टरनेट र आईपीटिभी

अब मासिक १२ सय रूपैयाँमा वर्ल्डलिंकको २०० एमबीपीएसको इन्टरनेट र आईपीटिभी

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब मासिक १२ सय रूपैयाँमा २०० एमबीपीएसको इन्टरनेट प्रदान गर्ने भएको छ ।

वर्ल्डलिंकले फोटोन लाईट अन्तर्गत मासिक  १२ सय रूपैयाँमा २०० एमबीपीएसको इन्टरनेट दिने भएको हो । यसमा एउटा आईपीटिभी पनि निःशुल्क पाइने छ ।

यससँगै वर्ल्डलिंकले आफ्नो न्युनतम स्पीड २०० एमबीपीएस कायम गरेको छ । यसअघि कम्पनीको न्युनतम स्पीड १५० एमबीपीएस रहेको थियो । साथै ग्राहकले १४ हजार बढी ठाउँमा रहेको वर्ल्डलिंकको फ्री वाईफाई पनि निःशुल्क प्रयोग गर्न पाउने छन् ।