कीवर्डहरू -

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित कार मोड फिचर ल्याउँदै

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित कार मोड फिचर ल्याउँदै

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित रहेको कार मोड फिचर परीक्षण गरिरहेको छ । यसमा धेरै भिजुअल डिस्ट्रयाक्सन पनि रहेको छैन् र सहज तरिकाको इन्टरफेस रहेको छ ।

प्रयोगकर्ताहरुले भ्वाइस कन्ट्रोल प्रयोग गरेर आर्टिस्ट, एल्बम ब्राउज गर्न, प्ले वा पज गर्न, फास्ट फर्वाड गर्ने जस्ता कार्य गर्न सक्छन् ।

यसमा प्लेयर भ्यू र लाइब्ररी ट्याब पनि सजिलोसँग प्रयोग गर्न मिल्ने बनाइएको छ । गूगल र अमेजनले पटक पटक अटोनिर्माता कम्पनीहरुलाई भ्वाइस रिक्गनीशन फिचरमा काम गर्नलाई आग्रह गर्दै आएको छ । यही कुरालाई बुझेर स्पटीफाईले भ्वाइसको फिचर सार्वजनिक गरेको हो ।