कीवर्डहरू -

वान प्लस १० प्रो बुकिङमा एक वर्षका लागि मोबाइल स्क्रिन ब्रेकेज इन्स्योरेन्स सुविधा

वान प्लस १० प्रो बुकिङमा एक वर्षका लागि मोबाइल स्क्रिन ब्रेकेज इन्स्योरेन्स सुविधा

नेपालमा वान प्लस १० प्रो फाइभ जीको अग्रिम बुकिङ खुला भएको छ । यही चैत ११ गतेदेखि आफ्ना आधिकारिक बिक्रेता र दराज र सस्तो डिलमार्फत वान प्लस १० प्रो फाईभ जीको बुकिङ खुला भएको हो ।

अग्रिम बुकिङ गरेको वान प्लसको ग्राहकहरूलाई यही चैत १९ गतेदेखि मोबाइल फोन वितरण सुरू गरिने छ । यो फोनमा दोस्रो पुस्ताको हास्सेलब्लाड क्यामेरा, फास्ट पर्फमेन्स, १२० हर्ज डिस्प्ले र डबल कलर क्यालिब्रेसन जस्ता विशेषता छन् ।

साथै, यसमा अड्भान्सड टेक्नोलोजीको मद्दतले नयाँ गेमिङ विशेषता राखिएको कम्पनीको भनाइ छ । यो विशेषताले गेमिङ अनुभव बुस्ट हुने र चलाउनका लागि सहज हुने बताइएको छ ।

अग्रिम बुकिङ गर्दा प्रयोगकर्ताले वान प्लस बुलेट वायरलेस जेड, वान प्लस ब्यान्ड, वान प्लस बड जेड, वान प्लस बड्स प्रो र वान प्लस वाच पाउने बताइएको छ । यसैगरी, अग्रिम बुकिङ गर्दा एक वर्षका लागि मोबाइल स्क्रिन ब्रेकेज इन्स्योरेन्स, मोबाइल किन्न सून्य प्रतिशत ब्याजदरमा ऋण लगायतका सेवा पाइने बताइएको छ ।