कीवर्डहरू -

डान्सिङ स्टार्स नेपालमा अब खल्तीबाट भोटिङ गर्न सकिने

डान्सिङ स्टार्स नेपालमा अब खल्तीबाट भोटिङ गर्न सकिने

डान्सिङ  स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती नियुक्त भएको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा  विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको डान्सिङ  स्टार्स नेपालमा खल्तीबाट भोट गर्न सकिने भएको हो ।

यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८:०० बजेबाट प्रसारण शुरू भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरुको रुपमा रहेका छन् । भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले लाखौं नेपालीहरूमा लुकेको प्रतिभा देखाउनेको साथै  मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मको रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरूसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए ।