कीवर्डहरू -

प्रमाणमा आधारित नीति निर्माण गर्न फ्यूजमेशिन र दायित्वबीच सहकार्य

प्रमाणमा आधारित नीति निर्माण गर्न फ्यूजमेशिन र दायित्वबीच सहकार्य

नेपालमा प्रमाणमा आधारित नीति निर्माण गर्न र युवा-सरकारबिचको सहकार्यलाई प्रवर्द्धन गर्न फ्यूजमेशिनले दायित्वलाई सहयोग गर्ने भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका सेवा प्रदायक कम्पनी फ्यूजमेशिन र उद्यमशील नेपालको परिकल्पना गर्दै आएको गैर सरकारी संस्था दायित्वबिच भएको सम्झौता अनुरुप फ्यूजमेशिनले दायित्व नेपाल नीति फेलोशिप कार्यक्रम अन्तर्गत २०२२ मा एक जना फेलोलाई स्पोन्सर गर्नेछ ।

देशभित्रै हुनसक्ने नवप्रवर्तन र सहकार्यको माध्यम मार्फत उद्यमशील नेपालको सृजना गर्न सकिने धारणामा दुवै संस्थाको विश्वास रहेकोले यो सम्झौता सम्भव भएको हो । फ्यूजमेशिनले लामो समयदेखि दायित्वको नीति फेलाशिप कार्यक्रमलाई सहयोग पुर्‍याउँदै आएको छ ।

सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानिय तहमा ५१ सरकारी संस्थाहरु र २४ सांसदहरुसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पुर्‍याउन विभिन्न ३० वटा देशबाट प्रशिक्षित कुल १४१ दायित्व फेलोहरुको ११ वटा समूहलाई परिचालन गरिसकेको छ ।

विश्वव्यापी प्रतिस्पर्धा मार्फत छनोट गरिने रिसर्च फेलोहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका अधिकारीहरु र विभिन्न नीति तथा अनुसन्धन विज्ञहरुको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तिकरण, मूल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्नेछन् ।

फ्यूजमेशिनका दक्षिण एशियाका प्रबन्ध निर्देशक पराग श्रेष्ठले डेटा, प्रमाण र अन्तर्दृष्टिको शक्तिलाई महत्त्व दिने कम्पनी भएकोले हामी प्रमाणमा आधारित निर्णय र नीतिलाई प्रवद्र्धन गर्ने दायित्वको प्रयासलाई प्रशंसनीय भएको बताए ।

‘सामाजिक आर्थिक रुपमा सबल भविष्यको निर्माण गर्न नेपाली युवालाई विभिन्न अवसरहरु प्रदान गर्दै सशक्त बनाउन लागिपरेको संस्थालाई निरन्तर सहयोग पुर्‍याउन पाउँदा हामी निकै उत्साहित छौं’, श्रेष्ठले भने ।

त्यस्तै दायित्वका संस्थापक तथा अध्यक्ष डा. पुकार मल्लले एक दशकभन्दा लामो समयको प्रयास र अनुभवहरु मार्फत पोख्त दायित्व फेलोशिप नेपाली युवाहरुका लागि एउटा अतुलनीय अवसर भएको बताए ।