कीवर्डहरू -

निःशुल्क भर्चुअल नोड जेएस सिक्न चाहनुहुन्छ? यसरी दिनुहोस् आवेदन

निःशुल्क भर्चुअल नोड जेएस सिक्न चाहनुहुन्छ? यसरी दिनुहोस् आवेदन

‘नोड जेएस’ सिक्न चाहने विद्यार्थीहरुका लागि निःशुल्क एक महिने भर्चुअल वर्कसप सुरु हुने भएको छ । प्रोग्रामिङको क्षेत्रमा ७ वर्ष लामो अनुभव बटुलेका युवा प्राविधिज्ञ विद्यार्थी सरोज दाहालको पहलमा मेको पहिलो हप्ताबाट भर्चुअल वर्कसप सुरु हुने भएको हो ।

नोड जेएस वेबसाइड निर्माण गर्दा प्रयोग हुने प्रोग्रामिङ लाइब्रेरी तथा फ्रेमवर्क हो । यो जाभा स्क्रिप्ट स्ट्र्क्चरको एकदमै महत्वपूर्ण पाटो हो । सो कोर्स पढ्ने विद्यार्थीले वेब डेभलपमेन्टको क्षेत्रमा आवश्यक ज्ञान तथा सिपहरु हसिल गर्न सक्ने आयोजक बताउँछन् । प्रविधिको क्षेत्रमा रुची राख्ने सबै शैक्षिक पृष्ठभूमीका विद्यार्थीहरुले यो कोर्स पढ्न सक्नेछन् ।

एक महिनाको निशूल्क वर्कसप अवधिमा उत्कृष्ट विद्यार्थीमध्ये दुईजनाले निःशुल्क इन्टर्न र अन्य दुईजनाले निःशुल्क नोड जेएस होस्टिङ र अन्य धेरै सुविधाहरु पाउन सक्ने छन् ।

नोड जेएसमा अब्ब्लरुपमा क्षमता अभिवृद्धि गर्न सक्ने विद्यार्थीहरुले १५ हजार देखि ५० हजार रुपैयाँको तलबबाट विभिन्न आईटी कम्पनीहरुमा काम गर्न सक्ने दाहाल बताउँछन् ।

उक्त सेसन मे महिनाको पहिलो हप्ताबाट प्रत्येक दिन साँझ ६ देखि ७ बजेसम्म गुगल मिट र माइक्रोसफ्ट टिम्समार्फत हुनेछ ।

सूचना प्रविधिको क्षेत्रमा रुची राख्दै आएका विद्यार्थीहरुको सिप विकासका लागि व्यक्तिगत पहलमा दाहालले विभिन्न निःशुल्क वर्कसप तथा प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन् । यसअघि उनले ‘रियाक्ट जेएस’मा पनि एक महिने निशूल्क वर्कसप आयोजना गरेका थिए ।

इच्छुकहरुले यस लिंक मा गएर वर्कसपका लागि अग्रिम सिट आवेदन दिन सक्ने छन् । नोड जेएस वर्कसप सम्पन्न भएपछि मोबाइल एप डेभलपमेन्टको समेत निःशुल्क वर्कसप आयोजना गर्ने दाहालले बताए ।