कीवर्डहरू -

पीएमपीएल दक्षिण एशिया शुरू हुँदै, १ करोड ८२ लाख पुरस्कारका लागि २० टिम प्रतिस्पर्धामा 

पीएमपीएल दक्षिण एशिया शुरू हुँदै, १ करोड ८२ लाख पुरस्कारका लागि २० टिम प्रतिस्पर्धामा 

मंगलबार साँझदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया २०२२ शुरू हुने भएको छ । चार हप्तासम्म सञ्चालन हुने पीएमपीएल दक्षिण एशियाको प्राइज पुल १ करोड ८२ लाख रहेको छ ।

मार्च २९ देखि अप्रिल १७ सम्म तीन हप्ता लिग सञ्चालन हुनेछ भने अप्रिल २२ देखि २४ सम्म फाइनल सञ्चालन हुनेछ ।

पीएमपीएल दक्षिण एशियामा २० टिम सहभागी हुनेछन् । जसलाई ५ ग्रुपमा विभागजन गरिने छ । प्रत्येक ग्रुपमा ४ टिम राखिने छ । २० टिमले राउण्ड रोबिन ढाचाँमा प्रतिस्पर्धा गर्नेछन् । २० टिममा ११ टिम नेपाली छन् ।

सहभागी नेपाली पब्जी टिममा द एट्राक्स इस्पोर्टस, डेडआइज गाइज, भाइब्स इस्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टू किल, रअ इस्पोर्टस, हाइभोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा ईस्पोर्टस, सेभेनसी इस्पोर्टस र इलिमेट्रिक्स रहेका छन् ।

प्रतिस्पर्धापछि १६ टिमले आगामी सुपर विकेन्डमा पुग्नेछन् । प्रत्येक सुपर विकेन्डमा १५ वटा म्याच हुनेछन् । ३ हप्तापछि सुपर विकेन्डको बरियताको आधारमा शीर्ष १६ टिमहरू फाइनलमा पुग्नेछन् ।

फाइनलमा १८ म्याच हुनेछन् । यसमा १६ टिमले पीएमपीएल दक्षिण एशियाको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।