कीवर्डहरू -

खल्तीको ‘खल्ती लेख स्टार’ योजना, विजेतालाई ५० हजार पुरस्कार

खल्तीको ‘खल्ती लेख स्टार’ योजना, विजेतालाई ५० हजार पुरस्कार

खल्ती डिजिटल वालेटले ‘खल्ती लेख-स्टार’ नामक नयाँ योजना ल्याएको छ । यस अन्तर्गत ३ जनाले रु. ५० हजार, २५ हजार र १५ हजार जित्न सक्नेछन् ।

‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट)  खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ ।

पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक खल्तीले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ । यो प्रतियोगिता आगामी बैशाख १४ सम्म लागु हुनेछ ।

यस योजना अन्तर्गत पहिलो हुनेले ५० हजार रूपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पुरस्कार पाउने छन् । त्यस्तै सान्तवना पुरस्कारको रूपमा ५ जनालाई ५ हजार रूपैयाँ प्रदान गरिने छ ।

यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन् । यस अफर बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ‘खल्ती लेख-स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएको बताए ।