कीवर्डहरू -

बगभीलाई अन्तर्राष्ट्र्रियस्तरमा लैजाने तयारी, सिंगापुरमा मुख्यालय स्थापना हुने

बगभीलाई अन्तर्राष्ट्र्रियस्तरमा लैजाने तयारी, सिंगापुरमा मुख्यालय स्थापना हुने

साइबर सुरक्षा सेवाप्रदायक कम्पनी सिनिकल टेक्नोलोजीको क्राउडसोर्सिङ बग हन्टिङ प्लेटफर्म बगभीले सिंगापुरमा मुख्यालय स्थापना गर्ने तयारी थालेको छ ।

माइक्रोसफ्टका दुई प्रोग्राम ‘हाईवे टु हन्ड्रेड युनिकर्न’ र ‘माईक्रोसफ्ट फाउण्डर हब’ मा चयन भएसँगै बगभीलाई अन्तर्राष्ट्र्रिय स्तरमा लिएर जान बाटो खुलेको बगभीका संस्थापक सीईओ नरेश लाम्गादेले बताए ।

माईक्रोसफ्टका यी दुई कार्यक्रम एशिया प्रशान्त क्षेत्रका स्टार्टअपहरुको उत्थानमा लक्षित छ । जसमार्फत त्यस्ता कम्पनीहरुले बजारमा प्रभावशाली उपस्थिति जनाउँदै डिजिटल नवप्रवर्तन भित्राउन सकुन् ।

उक्त विद्याको छनौट भएको बगभीलाई माईक्रोसफ्टले बजार रणनीति तथा पहुँच वृद्धि जस्ता विषयमा मेन्टरसिप प्रदान गर्ने सीईओ लाम्गादे बताउँछन् ।

‘माईक्रोसफ्टको दुबै विद्यामा हामी पर्न सफल भयौं,’ लाम्गादे भन्छन्, ‘यससँगै अब माईक्रोसफ्टले हामीलाई अन्तराष्ट्र्रिय पहुँच कसरी बढाउने र बजार कसरी अध्ययन गर्ने, भन्ने जस्ता कुराहरुको मेन्टरसिप दिएर सहयोग गर्नेछ ।’

साथै माईक्रोसफ्टले मेन्टरसिप बाहेक लगानीको क्षेत्रमा पनि सहयोग गर्ने लाम्गादेले बताए । ‘माईक्रोसफ्टको एम टुवेल्फ भन्ने आफ्नै छुट्टै भीसी छ, त्योसँग पनि माईक्रोसफ्टले हामीलाई जोडिदिने छ ।’ उनले भने ।

माईक्रोसफ्टले अनलाइनमार्फत दिने एक महिने लामो मेन्टरसिप पछि बगभीलाई अन्तराष्ट्र्रिय रुपमा लाने कम्पनीको तयारी छ । यसका लागि कम्पनीले मेमा सिंगापुर गएर बगभीको मुख्यालय स्थापना गर्ने लाम्गादेले सुनाए ।

‘अब माइक्रोसफ्टकै मेन्टरसिप पछि हामी बगभीलाई अन्तराष्ट्र्रिय रुपमा लिएर जाने छौं त्यसका लागि सुरुमा सिंगापुरमा मुख्यालय स्थापना गरी नेपालमा यसलाई सञ्चालन गर्नेछौं ।

कम्पनीले सिंगापुरमा पनि भौतिक संरचना सेटअप पगर्ने उनले बताए । माईक्रोसफ्टको कार्यक्रमको दौरान सिंगापूरका धेरै उद्यमीहरुसँग बगभीले सम्बन्ध विस्तार गर्न पाएको हुँदा आगामी दिनमा बगभीका लागि बलियो लगानी पनि आउनेमा लाम्गादे विश्वस्त छन् ।

पछिल्लो समय नेपालको पहिलो र एकमात्र क्राउडसोर्सिङ साइबर सुरक्षा प्लेटफर्म बगभीले राम्रो फण्ड नेटवर्क र प्लेटफर्महरु पाइरहेको उनले बताए ।