साओमीले आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो ।
साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाज्युले नयाँ-नयाँ प्रविधि र नयाँ-नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको बताए ।
साओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने जनाइएको छ । यसले एटके सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने छ ।
यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन्, जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो ।
नेपालमा साओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ, जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।
साओमी १२ प्रोमा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । यो १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज रहेको छ ।
फोनमा एट जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो र ५० मेगापिक्सेलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।
यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ ।
तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ ।
सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा-क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ ।
साओमी १२ प्रो बैजनी र नीलो रङमा उपलब्ध छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको साओमी १२ प्रोको मूल्य १ लाख १४ हजार ९९९ रूपैयाँ रहेको छ । साओमी १२ प्रो मी स्टोर र रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।