कीवर्डहरू -

सामसुङले बनायो विश्वमा धरै इन्टर्नल स्टोरेज क्षमता भएको मेमोरी चिप

सामसुङले बनायो विश्वमा धरै इन्टर्नल स्टोरेज क्षमता भएको मेमोरी चिप

काठमाडौ। विश्वको चर्चित स्मार्टफोन कम्पनी सामसुङले विश्वमै पहिलो पटक  स्मार्टफोनका लागि १ टेराबाइट क्षमता भएको मेमोरी चिप तयार गरेको छ। अब यसको सहायताले विश्वका स्मार्टफोन उत्पादक कम्पनि हरुले सामसुङले तयार गरेको यो चिप को मदतबाट  एक हजार गिगाबाइट क्षमताको इन्टर्नल स्टोरेज प्रदान गर्न सक्नेछन।  यो चिप को साइज पहिलेका चिपको जत्रै ११.५ मिलिमीटर गुणा  १३ मिलिमीटरको हुनेछ। यसको क्षमता ५१२ जिबीको चिप भन्दा दोब्बेर हुनेछ ।

यो चिप भएको स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा फोर के एचडी फरम्याटको १० मिनेटलामो २ सय ६० वटा सम्म भिडियो स्टोर गर्न सक्नेछन ।६४ जीबी  जइन्टर्नल स्टोरे भएका मोबाइलमा फोर के एचडी भिडियो १३ वटा मात्रै अटाउछ।  सामसुङका अनुसार यो चिपको माध्यमबाट ठुला साइजका मल्टीमीडिया सामाग्रीहरु आफ्नो मोबाइलमा लामो समयसम्म राख्न सक्नेछन। आफ्नो मोबाइलमा पनि नोटबुक को जस्तै अनुभव गर्ने छन।

सामाचार का अनुसार सामसुङले आगामी २० फेब्रुअरीमा बर्सीलोनामा हुने मोबाइल वोर्ल्ड कंग्रेसमा आफ्नो नया फोन ग्यालेक्सी १० सार्वजनिक गर्दैछ। उक्त फोनमा १२ जिबिको र्याम सहित १ टीबी चिप युक्त इन्टर्नल स्टोरेज उपलब्ध गराउने अनुमान गरिएको छ। यदि यो सामसुङको ग्यालेक्सी १० स्मार्टफोनमा उक्त चिप प्रयोग भएमा विश्वमा नै धरै   इन्टर्नल स्टोरेज भएको मोबाइल फोन हुनेछ।