कीवर्डहरू -

नेपाली सफ्टवेयर यूएक्सक्यामले उठायो ६० करोड लगानी

नेपाली सफ्टवेयर यूएक्सक्यामले उठायो ६० करोड लगानी

नेपाली सफटवेयर यूएक्सक्यामले ५० लाख डलर अर्थात ६० करोड ५० लाख रूपैयाँ लगानी उठाएको छ । हेडलाइन नामक कम्पनीबाट युएक्सक्यामले उक्त लगानी उठाएको हो ।

लगानीका लागि एडज्यासेन्ट भिसी, ब्लिङकिष्ट सहसंस्थापक टोबिआस बलिङ र सेबास्टियन स्कलेइचर, स्टाफबेसका सहसंस्थापक मार्टिन बोरिन्ज, कन्टेन्टफूलका पूर्व सिएमओ क्रिस स्कानगेन, ओनब्याकअपका सिईओ स्याम गटम्यान, पोडिमो मोर्टेन स्ट्रन्जका सिईओ पोडिमो मोर्टेन पनि प्रतिस्पर्धामा रहेका थिए ।

युएक्सक्यामले ६० करोड लगानी आफ्नो मोबाइल एपको इनसाइट सजिलो र सहज बनाउन प्रयोग गर्नेछ । कम्पनीले केही वर्षदेखि मोबाइल एप टिमलाई ग्राहकको माग र व्यवहार बुझ्नका लागि मद्दत पुर्‍याउँदै आएको छ ।

युएक्सक्यामले क्यामेराबाट उपभोक्ताको अनुभवलाई रेकर्ड गर्न दिन्छ । युएक्सक्याम विश्वका १०० भन्दा बढी देशमा प्रयोग हुँदै आएको छ ।

कम्पनीका संस्थापक तथा सीईओ किसन गुप्ताले एपको बारेमा प्रतिक्रिया दिने राम्रो प्लेटफर्मको रुपमा यूएक्सक्याम स्थापना गरेको बताएका छन् । सो लगानीलाई सफ्टवेयरको विकासमा प्रयोग गर्ने उनको भनाइ छ ।

यूएक्स क्यामको पार्टनरमा कोस्टा कफी, न्यानडोज, हाउजिङ डटकम, डेलिभरी हिरो र ३५० ग्लोबल व्यवसायहरु रहेका छन् ।

यूएक्स क्याममा कैद भएको उपभोक्ताको अनुभवलाई समेटेर एपलाई राम्रो बनाउन सकिन्छ  । हरेक महिना यूएक्सक्यामले अटोमेटिक १०० बिलियन डेटा पोइन्ट र ३ बिलियन एप एक्सपेरियन्स संकलन गर्ने गर्दछ ।