कीवर्डहरू -

विद्युतीय गाडी बीवाइडी नेपालमा आउन थालेको ५ वर्ष पूरा

विद्युतीय गाडी बीवाइडी नेपालमा आउन थालेको ५ वर्ष पूरा

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो ।

बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर नेपालका व्यवसायीको छनोटमा परेको पनि बीवाइडीले जनाएको छ । यस्तै एमथ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पिटलले प्रयोग गर्दै आएका छन् ।

बीवाइडी इ सिक्स र नयाँ जेनेरेशन इ सिक्स दुबै निजी सवारीसाधनको रुपमाप्रयोग हुँदै आएको छ । बीवाइडीले विगतमा विक्री गरेका विद्युतीय गाडी किन्ने ग्राहक संतुष्ट रहेको जनाएको छ ।

विश्व बैकल्पीक उर्जाबाट चल्ने सवारीसाधनको खोजीमा रहेको अवस्थामा नेपालमानयाँ  विद्युतीय गाडी ल्याएर ग्राहकलाई सेवादिन प्रतिबद्ध रहेको कम्पनिले जनाएको छ ।

इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कम्पनीबाट बीवाइडीका ग्राहकलाई सेवा लिन आग्रह गरिन् । बीवाइडीले आफ्नो व्यवसायीको टर्निङ प्वइन्टको रुपमा सन् २०२२ लाई लिएको छ । कम्पनीले यो वर्ष नयाँ शोरुमहरु संचालन गर्नुको साथै नयाँ मोडल ल्याउने योजना बनाएको छ ।